बाढी पीडितहरुलाई न्यानो सामग्री

– ५० घरपरिवारलाई विभिन्न सामग्री हस्तान्तरण
लोकखबर
२०८३ कार्तिक २९, शनिबार २१:२८

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको चार स्थानीय तहमा प्रभावित पारेको छ । बिदुर र वेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउपालिका वाढीले निकै प्रभावित गरेको छ ।

बाढी प्रभावित किस्पाङ गाउँपालिका ५ का ५० घरपरिवारलाई जाडोमा न्यानोलगायतका राहत सामग्री वितरण गरिएको छ । बाढीका कारण कठिन परिस्थितिमा जीवनयापन गरिरहेका परिवारहरूलाई ब्ल्याङ्केट, पछ्यौरा, विद्युतीय जग, चाउचाउ तथा बिस्कुटलगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

यसका साथै, हिँडडुल गर्न कठिनाई भएका व्यक्तिहरूलाई ५ थान ह्विलचेयर र ५ थान बैसाखीसमेत हस्तान्तरण गरिएको छ । सामुदायिक विकास केन्द्र नेपालको समन्वयमा फ्ररामहा ताओसिरी वुटिन तथा पेज इजन फाउण्डेसनको सहयोगमा पीडितहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष  राधा मातङ्गीले जानकारी दिइन् ।


सर्वाधिक रुचाइएको