गगनकै कारण कांग्रेसको सिट खुम्चियोः डा. महत
बिदुर – नेपाली कांग्रेसका नियमित महाधिवेसन पक्षका नेता तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महतले पार्टीको मर्म र भावना नवुझ्नेहरुका कारण गत चुनावमा कांग्रेसको सिट खुम्चिएको आरोप लगाए । उनले कांग्रेस एकतावद्ध हुनुको विकल्प नरहेकोसमेत वताए । नुवाकोटको चौघडामा शनिवार नियमित महाधिवेसन पक्षको १ नं. क्षेत्रिय अधिवेसनको उद्घाटन गर्दै डा. महतले कांग्रेस विशेष महाधिवेसनवाट आएका सभापति गगन थापाप्रति लक्ष्यित गर्दै विविध कारणले प्रतिनिधि सभामा सिट सिमित हुनु पुग्नु दुर्भाग्य रहेको वताए ।

उनले दावी गर्दै भने– शेरवहादुर देउवाको नेतृत्वमा चुनावमा गएको भए पार्टीले सजिलै ५५ सिट हासिल गर्ने थियो । उनले नियमित महाधिवेसनपछि कांग्रेसमा सवे पक्ष एकतावद्ध हुने वताए । कांगे्रसलाई विभिन्न पक्षले आक्रमण तथा षडयन्त्र गरिरहेको डा. महतले वताए । कांग्रेसलाई व्यक्तिवादी नभई सिद्धान्तनिष्ठ, विद्यिसम्मत र संस्थागत संस्कारअनुसार चल्ने पार्टी बनाउनुपर्नेमा जोड दिए । विशेष महाधिवेशन पक्षधरले पार्टीमा विचार, विधान र संस्कारलाई प्राथमिकता नदिएको आरोप लगाउंदै नियमित महाधिवेसनवाट यि सवै कुराको अनत्य हुनेसमेत वताए ।

उनले विद्यि र विद्यानको सिद्धान्तले आफुहरु सहिय स्थानमा र।हेको उल्लेख गर्दै गत वर्षको भदौ २३ र २४ गतेको घटनाको प्रभावमा परेर अर्को पक्ष अगाडि वढेको आरोप लगाए । डा. महतले पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफुहरुकै पक्षमा आउने जिकिर गरे । डा. महतले लोकतन्त्र र पार्टीको विचारलाई कमजोर वनाउनेतर्फ अरु लागेको आरोप लगाउंदै आफ्नो पक्षमा आत्मा रहेको कारण आफुहरुकै पक्षमा निर्णय आउनेसमेत वताए । अहिले पार्टीमा अनेक भद्रगोल र अराजकता रहेका कारण यसको नियमित महाधिवेसनमार्फत निरुपण हुनेसमेत वताए । उनले न्याय नमरेको हुंदा आफुहरु उचित न्याय आउनेमा विस्वस्त रहेको वताउंदै घरमुलीकै पक्षमा न्यान आउने र दिलाउनु पर्ने पनि वताए ।

डा. महतले पार्टी नेतृतवमाथि आक्रमण हुंदा कोही पनि चुप लागेर वस्न नहुने वताउंदै एकतावद्ध कांग्रेसवाटै देशमा लोकतन्त्र र संंविधानको रक्षा हुने वताए । कांग्रेसमा विगतदेखि नै प्रतिस्पर्धा, बहस र फरक मतलाई स्वीकार गर्दै सबैको भावना र दृष्टिकोण समेटेर निष्कर्षमा पुग्ने परम्परा रहेको बताए । तर, अहिले पार्टीमा संस्कार, विचार र विधानको पालना कमजोर हुँदै गएको आरोप लगाए । ‘न संस्कार छ, न विचार छ, न विधान छ, यस्तो कुरालाई हामीले स्वीकार गर्ने हो भने अनि हामी कांग्रेस हुन्छौँ?’ उनले प्रश्न गरे । उनले रूख चुनाव चिह्न मात्र नभई नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद र राजनीतिक विचारधाराको प्रतीक भएको बताए ।

पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले त्यसको निर्णय आउन बाँकी रहेको अवस्थामा चुनाव चिह्न र आधिकारिकताबारे अनिश्चितता सिर्जना गरिएको बताए । उनले सवैतिरवाट सकारात्मक न्याय हुने अपेक्षासमेत गरे । आधिकारिकता देउवा पक्षले नै पाउने उनले दावी गरे । उनले कांग्रेसमाथि भइरहेको षडयन्त्र वेलैमा वुझ्न नसक्दा अनेक समस्याहरु आइरहेकोसमेत वताए । कांग्रेसको बेग्लै मूल्य र मान्यता रहेको बताउंदै उनले थपे, ‘ पार्टीलाई बचाउन हामीले मंसिरमा महाधिवेशन गर्न लागेका हौँ ।’ कांग्रेसको आत्मस्वाभिमानका लागि शेरबहादुर देउवा नेतृत्वबाटै शशांक कोइरालाको संयोजनमा महाधिवेशन हुने उनले बताए ।

डा. महतले पार्टीको महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षलाई समेट्ने संरचना आवश्यक रहेको बताएका छन् । पार्टीमा एकलौटी निर्णय हुने आशंका अन्त्य गर्न निष्पक्ष संरचना आवश्यक रहेको बताए । कांग्रेसलाई लोकतान्त्रिक पार्टीका रूपमा अघि बढाउँदै आएको भन्दै उनले अदालतको निर्णयलाई आफूहरूलाई चित्त नबुझे पनि स्वीकार गर्नुपर्ने बताए । उनले अगाडि भने, ‘पुनरावलोकनको बाटोमा हामी पनि गयौँ, पुनरावलोकनको निर्णय असाधारण अवस्थामा मात्रै गर्छ, कानूनी सिद्धान्त र अरू त्रुटिपूर्ण निर्णयलाई त्रुटिपूर्ण निर्णय गरेको अवस्थामा पुनरावलोकन हुन्छ, नत्र हुँदैन ।’

निर्वाचन आयोगले सम्बन्धित पक्षलाई लिखित बोलाउनुपर्ने भएपनि त्यसो नगरी एकपक्षको कुरा सुनेर निर्णय गरेको डा. महतले जिकिर गरे । उनले पार्टीको विचार, सिद्धान्त, राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आएको विचलन, आर्थिक अवस्था, सरकारका काम, सङ्गठन सञ्चालन, विधान तथा विधान संशोधनलगायत विषयले पनि महाधिवेसनमा प्रवेश पाउने वताए । उनले थपे, ‘अब अदालतले कांग्रेसको नेतृत्व को हुने भन्नेबारे अन्तिम निर्णय गर्ने भएको हुनाले अर्को बाटो जाने कुरा अहिले रोकिएको छ । यसले न्याय पाउने बाटो पनि खुला गरेको छ ।











































