बाढी पीडितलाई पुर्नस्थापना गर्न डा. महतको माग
बिदुर – सरकारले बाढी पीडितहरुको पुर्नस्थापनामा ढिलाई गरिरहेको कांग्रेस नियमित महाधिवेसन पक्षधर नेता डा. प्रकाशशरण महतले वताएका छन् । बाढी गएको तनि महिना वितिसक्दासमेत सरकारले पििडतहरुको उचित सम्वोधन गर्न नसकेको डा. महतले आरोप लगाए । नुवाकोटको बट्टारमा आइतवार कांग्रेस नुवाकोटको नियमित जिल्ला अधिवेसनको उद्घाटन गर्दै डा. महतले सरकारले बाढीका कारण प्रभावित भएका जनताहरुलाई उचित सम्वोधन गर्न नसकेको आरोप लगाए ।

उनले तत्काल बाढी पीडितहरुलाई सम्मानपुर्वक पुनस्र्थापनाको कार्य गर्न आग्रह गरे । उनले बाढीले धेरै पुल तथा अन्य संरचना वगाएका कारण आवतजावतलाई जोड्नका लागि पक्कि मोटरेवल पुल र पैदल हिड्ने स्थानमा झोलुंगे पुल निर्माण गर्नसमेत माग गरे । सरकारले बाढीवाट मृतक, घर वगेका, जग्गा वगेका, पसल तथा व्यापार व्यवसाय वगेकाहरुको उचित संरक्षण गर्नुपर्ने डा. महतले वताए ।

कांग्रेस नियमित महाधिवेशन पक्षधरले नुवाकोटका ८८ वटै वडा र १२ वटै पालिकाको अधिवेशन सम्पन्न गरिसकेको छ । क्षेत्रीय तथा प्रदेश अधिवेशनसमेत सम्पन्न भइसकेको संयोजक श्रीराम श्रेष्ठले वताएका छन् । अधिवेसनमा जिल्ला सभापतिसहित पदाधिकारी र महासमिति सदस्यका आकांक्षी धेरै देखिएकाले अधिवेशनलाई निकै चासो र महत्वका साथ हेरिएको छ ।

यद्यपि, नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । ७० जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जिल्ला अधिवेशनकै क्रममा महासमिति सदस्यसमेत चयन गरिने जनाइएको छ ।
















































