बालु्वाटारमा धर्ना दिन गएका युथ कंग्रेस नेपालका नेता पक्राउ
मकवानपुर ।इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्री निवास बालुवाटार बाहिर धर्ना दिन पुगेका युथ कंग्रेस नेपालका नेता पक्राउ परेका छन् ।
कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न तथा पीसीआर परीक्षणलाई व्यवस्थित बनाउन माग गर्दै १४ दिनदेखि आमरण अनसनमा बसेका इनफ इज इनफका अभियन्ताहरुप्रति ऐक्यवद्धता जनाउँदै सरकारविरूद्ध प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री निकास बालुवाटार बाहिर धर्ना दिन पुगेको युथ कंग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सिना, केन्द्रीय सदस्य विधुत लामिछाने र मनोज पुरी, युथ कांग्रेस नेपाल बागमती प्रदेशका संयोजक दिपेश तामाङ लगायत छन्। खबरहब डटकमबाट