ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

लोकखबर
२१ श्रावण २०७७, बुधबार १५:००

मकवानपुर । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा २८ लाखभन्दा बढी संक्रमित भएका छन् ।

बुधबार यो समाचार तयार पार्दासम्म एकै दिन ५६ हजार ४११ जनामा संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २८ लाख ८ हजार ७६ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९६ हजार ९६ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १९ लाख ७० हजार ७६७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४१ हजार २१३ जनाको उपचार भइरहेको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*