आमाको हत्या आरोपमा छोरा पक्राउ

मकवानपुर । दार्चुलामा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दुहु गाउँपालिका ३, चौपाती बस्ने ५३ वर्षीय नरबहादुर बमले आफ्नै आमा ८२ वर्षीया नारुदेवी बमको हत्या गरेका हुन् । नरबहादुरलाई हत्या आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोलानजिक फालेको सूचनाका आधारमा प्रहरी चौकी ब्रह्मदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बाह्रखरी डटकमबाट