सम्पदा सम्वन्धि फोटो प्रदर्शनी

– पर्यटन प्रवद्र्धनमा जोड
लोकखवर विशेष संवाददाता
२०८३ असार ७, आईतवार २२:५४

बिदुर – पर्यटन प्रवद्र्धनमा जोड दिदै नुवाकोट साततले दरबार परिसरमा सम्पदा सम्वन्धि फोटो प्रदर्शनी सन्चालन गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा जोड दिदै पहिलो पटक उक्त प्रदर्शनी गरिएको हो । पुरातत्व विभागको आयोजनामा बिदुर नगरपालिका २ स्थित दरवार परिसरमा आयोजित “सम्पदा सम्बन्धि फोटो प्रदर्शनी“को विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे ।

उनले सम्पदा सम्बन्धि फोटो प्रदर्शनीले स्थानयि कला, संस्कृति, सम्पदा तथा विविधताको प्रचारप्रसार हुने वताए । मेयर श्रेष्ठले काठमाडौवाट नजिकै दुरीमा रहेको नुवाकोटमा आयोजित प्रदर्शनीको अवलोकन गरेर आमसर्वसाधारणलाई सम्पदाको प्रवद्र्धनमा सहयोगी हुन आग्रह गरे । प्रदर्शनीमा नुवाकोटका विविध सम्पदा सम्बन्धि विभिन्न विषयवस्तुलाई समावेश गरी सञ्चालन गरिएको हो ।

सात दिनसम्म सन्चालन हुने ’सम्पदा सम्बन्धि फोटो प्रदर्शनीमा बिदुर नपाकी उपमेयर प्रभा बोगटी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, बिदुर २ का वडाध्यक्ष दीपक कायस्थसहित विभिन्न जनप्रतिनिधिहरु, सुरक्षा निकाय, स्थानीयवासी, शिक्षक विद्यार्थीसहित सर्वसाधारणको सहभागिता रहेको छ ।

’सम्पदा सम्बन्धि फोटो प्रदर्शनी’मा निःशुल्क प्रवेशको आयोजकले व्यवस्था गरेको छ । प्रदर्शनी यहि असार१३ गतेसम्म भैरवी मन्दिर अगाडिको भवनमा आम सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।


सर्वाधिक रुचाइएको