अतिरिक्त कर खारेज गर्नुपर्छः अध्यक्ष घिसिङ
बिदुर – सरकारले विभिन्न वस्तुमा लगाएर अतिरिक्त कर खारेज गर्नुपर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पुर्वमन्त्रि कुलमान घिसिङले वताएका छन् । उनले सरकराले नयांका नाममा जनतालाई ढाड सेकने गरि विभिन्न वस्तुमा लगाएको कर तत्काल खारेज गर्ना माग गरे । नुवाकोटको पुर्वी भेगमा रहेको ककनीमा उज्यालो नेपाल पार्टीको ककनी गाउपालिका समितिको भेलाको उद्घाटन गर्दै उनले सरकारको हालसम्मको उपलव्धी प्रभावकारी नरहेको आरोप लगाए ।

वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, विद्युतमा अतिरिक्त कर लगाउनु गलत भएकोले तत्काल खारेज गरेर जनतालाई राहत दिन जोड दिए । प्रधानमन्त्रीले सिमा मिचिएको विषयमा संसदमा दिएको अभिब्यक्ति .प्रति घोर आपत्ति जनाउदै अध्यक्ष घिसिङले प्रमले प्रतिनिधि सभामा व्यक्त गरेको उक्त भनाई तत्काल सच्चाई स्वाभिमानी जनता समक्ष माफी माग्न आग्रह गरेका छन् ।

उनले राष्ट्र, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अखण्डता सवैभन्दा ठुलो विषय भएकोसमेत वताए । आफ्नो पार्टीमा नव प्रवेशी लगायत विस्तारित समितिका सम्पूर्ण सदस्यहरुलाई बधाई दिदै उनले उज्यालो नेपाल पार्टीको नीति विधि सिद्दान्त बमोजिम क्रियाशील हुन आग्रह गरे । उनले देशको समग्र क्षेत्रको विकास, जनजनको समृद्दि गर्दै पार्टीमा जनलहर ल्याएर आगामी स्थानीय र प्रदेश सभा सदस्य निर्वाचनमा केन्द्रीत हुन आग्रह गरे ।

पार्टी प्रवेश, पालिका समितिको विस्तारित अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रमसमेत गरिएको छ । उज्यालो नेपाल ककनी गाउं पालिका समितिका संयोजक प्रताप तामाङ, केन्द्रीय सचिव केदार खडका, कोषाध्यक्ष भगवतीलाल कक्षपति, केन्द्रीय सदस्य देवकी पौडेल, वाग्मती प्रदेश अध्यक्ष प्रविण वल, वाग्मती प्रदेश सचिव श्यामराज पाठक, प्रदेश सदस्य शोभा तामाङ जिल्ला अध्यक्ष रामकृष्ण राजभण्डारी, निर्वाचन संयोजक नारायण भण्डारी, संघीय उम्मेदवारहरु इमानसिंह तामाङ र ज्ञानेन्द्रप्रकाश घले, जिल्ला सदस्य रत्नबहादुर तामाङलगायतले आफ्नो दल वैकल्पिक शक्ति भएको दावी गरे ।

कार्यक्रममा कांग्रेस छाडेर भाग्यश्री लामासहित विभिन्न दलका ४७ जना उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष घिसिङले सपथ खुवाए ।
यसैवीच, उज्यालो नेपाल पार्टी ककनी गाउँपालिकाको विस्तारित बैठकले पालिका कार्यसमिति चयन गरेको छ । प्रताप तामाङको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मती रुपमा चुनिएको छ ।

उपाध्यक्षमा समीर तामाङ, सचिवमा दीपक घिमिरे, सहसचिवमा सुरेश स्याङ्तान, कोषाध्यक्षमा बिक्रम तामाङ चुनिएका छन् । सदस्यहरुमा अर्जुन तामाङ, बुद्ध लामा, भीमवहादुर तामाङ, ललीतमान तामाङ, दीपा लामा, गणेशवहादुर तामाङ, राजु लामा, अमर तामाङ, सुवास तामाङ र शेरवहादुर तामाङ (डेनिस) चुनिएका छन् ।

















































