डिस्चार्जको प्रतीक्षामा अभिषेक

मकवानपुर । पछिल्लो २६ दिनदेखि अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको उपचार गरिरहेका बलिउड अभिनेता अभिषेक कोरोना रिपोर्ट नेगेटिभ आउने प्रतीक्षामा छन् ।
बुधबार आफ्नो (केयर बोर्ड) को तस्बिर इन्स्टाग्राममा सेयर गर्दै उनले अस्पतालबाट डिस्चार्ज हुने दिनको प्रतीक्षामा रहेको जनाएका छन् । तस्बिर सेयर गर्दै उनले क्याप्सन लेखेका छन्, “अस्पताल दिन २६, डिस्चार्ज प्लानः नो, बच्चन तिमीले सक्छौं । विश्वास गर ।”
उनको क्याप्सनबाट प्रस्ट हुन्छ कि अभिषेक कोरोना मुक्त भएर घर जाने दिनको प्रतीक्षामा छन् । बुबा अमिताभ बच्चनसहित ११ जुलाईमा कोरोना पुष्टि भएपछि उनी नानवटी अस्पतलमा भर्ना भएका थिए ।
यद्यपि अमिताभ कोरोना संक्रमणमुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएर होम क्वारेन्टिनमा छन् । तर अभिषेक भने अस्पतालमै अझै उपचारमै छन् ।बाह्रखरी डटकमबाट