हेटौँडामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि

लोकखबर
२५ श्रावण २०७७, आईतवार १६:१९

मकवानपुर । आज मकवानपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्मकै धेरै संख्याको रुपमा आज २३ जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डले दिएको जानकारी अनुसार आज हेटौँडामा कार्यरत ५ जना प्रहरी सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका १६ जना स्थायी वासिन्दा तथा बिराटनगर घर भै हेटौँडामा बस्ने एक जना र एकजना बकैया गाउँपालिका वडा नंबर ४ स्थायी ठेगना भई हेटौँडाको एक सहकारीमा कार्यरत महिला संक्रमित भएकि छिन् ।

आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिए । उन्का अनुसार

हेटौँडा वडा नंबर २ का स् १ जना,हेटौँडा वडा नंबर ४ का स् ४ जना, हेटौँडा वडा नंबर ५ का स् ४ जना, हेटौँडा वडा नंबर ६ का स् १ जना,हेटौँडा वडा नबर ९ का स् ३ जना,हेटौँडा वडा नंबर ११ का स् १ जना,हेटौँडा वडा नंबर १३ का स् १ जना, बकैया गाउँपालिका वडा नंबर ४ का स् १ जना, बिराटनगर घर भै हेटौँडा बस्ने स् १ जना,हेटौँडामा कार्यरत प्रहरी स् ५ जना रहेका छन् । चौँलागाईका अनुसार संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *