अख्तियारद्वारा इन्जिनीयर साह रङ्गेहात पक्राउ

लोकखबर
२६ श्रावण २०७७, सोमबार १३:२७

मकवानपुर ।नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*