काठमाडौं उपत्यकाका ४४३ संक्रमित आइसोलेसनमा, आईसीयूमा ३४ र भेन्टिलेटरमा एकजना

लोकखबर
२६ श्रावण २०७७, सोमबार १४:२५

मकवानपुर । काठमाडौं उपत्यकाका विभिन्‍न अस्पतालमा कोरोना भाइरसका चार सय ४३ संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्‍कअनुसार ४४३ जनामध्ये ४०८ जना आइसोलेन, ३४ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेका पाइएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४९ संक्रमित उपचाररत छन् । जसमध्ये आइसोलेनमा ३१ र १८ जना आईसीयूमा उपचाररत छन् । बलम्बुस्थित कोभिड युनिफाइड अस्पताल (सशस्त्र प्रहरी) १२२ जना कोरोना संक्रमित उपचाररत रहेको पाइएको छ । जसमध्ये आइसोलेनमा १२० जना र दुईजना आईसीयूमा उपचाररत छन् ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ११ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आइसोलेनमा ६ जना र आईसीयूमा ५ जना उपचाररत छन् । कीर्तिपुर आयुर्वेदिक अस्पतालको आइसोलेसनमा ८८ जना कोरोना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी दुवाकोटस्थित केएमसी अस्पतालमा ८१ जना कोरोना संक्रमित आइसोलेनमा उपचाररत छन् । ग्रान्डी अस्पतालमा आइसोलेनमा ६ जना उपचाररत छन् । पाटन अस्पतालमा कोरोना संक्रमित ८६ जना उपचाररत छन् । जसमा आइसोलेनमा ७६, आईसीयूमा नौ र भेन्टिलेटरमा एकजना उपचाररत छन् ।

हालसम्म काठमाडौं उपत्यकामा एक हजार १३६ जनामा कोरोना पुष्टि भएका छन् । जसमा काठमाडौंमा ९१२ जना, ललितपुरमा १३९ जना र भक्तपुरमा ८५ जनामा कोरोना देखिएको छ । कोरोना संक्रमण देखिएका काठमाडौंमा ९१२ मध्ये २५४ महिला र ६५८ पुरुष छन् । ललितपुरमा १३९ जनामध्ये ४५ महिला र ९४ पुरुष छन् । भक्तपुरमा ८५ संक्रमितमध्ये ५१ पुरुष र ३४ महिला रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्‍कले देखाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीका अनुसार लक्षण नभएका वा सामान्य लक्षण नभएकाहरुलाई संक्रमितले होमआइसोलेनमा बस्‍ने ठाउँ नभएकालाई आइसोलेसन सेन्टरहरुमा राख्‍ने गरिएको हो ।

उनले भने, “अस्पतालमै राखेर उपचार गर्नु नपर्ने संक्रमितसमेत अस्पतालमा राखिएको छ, जुन व्यक्तिको मानसिक त्रास हटाउन, समाजको त्रास कम गर्न मात्र राखिएको हो तर अबका दिनमा त्यसरी राखिँदैन ।”

उनका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएर आइसोलेनको क्षमता बढाउनुपरे होटेललाई आइसोलेनका रुपमा प्रयोग गरिने र अस्पतालमै राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्दै गए निजी अस्पतालहरुलाई पनि कोरोनाका बिरामीका लागि प्रयोग गरिनेछ ।

यदि अस्पतालमै राखेर उपचार नै गर्नुपर्ने संक्रमित भएको अवस्थामा मात्र अस्पतालमा राखिने नभए आइसोलेसन सेन्टर राखिने उनले जानकारी दिए । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*