भीमफेदीका १८ जनाको रिर्पोट नेगेटिभ

लोकखबर
१२ भाद्र २०७७, शुक्रबार ०९:५०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ फाप्लाङमा संकलित १८ जनाको स्वाबको रिर्पोट नेगेटिभ आएको छ ।

भदौ ६ गते लिइएको ४ जना बालबालिका सहित १८ जनाको स्वाब रिर्पोट नेगेटिभ प्राप्त भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

गाउँमा एकजना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि समुदायका अन्यमा संक्रमण नफैलियोस् भन्नका लागि कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमित व्यक्तिको कन्ट्याक टे«सिङका आधारमा समुदायका अन्यमा कोरोनाको अवस्था बुझ्नका लागि गाउँपालिकाले टोलटोलमा पुगेर परीक्षण कार्य गरेको थियो ।

अध्यक्ष लामाका अनुसार सोमबार ४ नम्बर वडाका ४७ जना, मंगलबार ९ नम्बर वडाका ५ जनाको संकलित स्वाबको रिर्पोट आउँन बाँकी छ ।
निषेधआज्ञा जारी भएको समयमा बेला हेटौंडासम्म आयर पीसीआर गराउन खर्चिलो र झन्झटिलो हुने भएकाले सम्भावित जोखिमबाट बचाउन गाउँगाउँमै गएर स्वाब संकलनको काम गरिएको अध्यक्ष लामाले बताए ।

यसैबिच, गाउँपालिकाले जारी गरेको निषेधाज्ञा यही भदौ १५ गतेबाट सकिन लागेकाले निषेधाज्ञाका विषयमा आवश्यकता अनुसार निर्णय लिने भएको छ । अध्यक्ष लामाले भदौ १६ गतेबाट खुकलो प्रकारको निषेधाज्ञा लगाउँने बारे मकवानपुरका सरोकारवालाची छलफल भइरहेको अवस्थामा गाउँपालिकाले पनि आवश्यक निर्णय लिने बताए ।

निषेधाज्ञा नै समस्याको समाधान नभएकाले कोरोना विरुद्दको लडाईमा गाउँपालिकाका नागरिकलाई सुरक्षित राख्दै अघि बढ्ने उपाय अबलम्बन गर्न आफूहरु लागिपरेको लामाले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*