रगत अभाव नहोस् भन्दै मुस्लिम यूवा समाजको आयोजनामा रक्तदान
मकवानपुर । मकवानपुरको हेटौंडामा आज (शुक्रबार ) आउोजित रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् ।
विहान रक्तसंचार केन्द्र, हेटौंडा शाखामा आयोजित कार्यक्रममा ४ महिलासहित ६७ जनाले रक्तदान गरेको माजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बल्ड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । प्रमुख खुलालले कोरोना भाइरस संक्रमणको कारण अहिले रक्तदान अभाव भइरहेको अवस्थालाई ध्यान दिदै रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । विरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदातालाई रगत दान गर्न उनले आग्रह पनि गरे ।
कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत अभाव भइरहेका अवस्थामा सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कोरोनाका कारण रगत संकलन हुन नसक्दा अहिले देशैभर रगतको अभाव छ । मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष मियाले बताए ।
नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष धरम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइइटी मकवानपुरका कोषध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजीप्रसाद खतिवडा लगायतको उपस्थितीमा रक्तदान गरिएको हो ।