कोभिड १९ ले पारेको प्रभावबारे रेडियो बुलेटिनको अन्तरक्रिया

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रशारण भइरहेको रेडियो बुलेटिन ८९.७ मेघाहर्जले ‘कोभिड १९’ मकवानपुरमा पारेको प्रभाव र जनप्रतिनिधिको भूमिका’ बिषयक अन्तरक्रिया आयोजना गरेको छ ।
भर्चुअल माध्यमबाट गरिएको अन्तरक्रियामा संघीय सांसद विरोध खतिवडा, सांसद एवं अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्यहरु रामनारायण बिडारी र रामचन्द्र राई, बागमति प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेम बहादुर पुलामी, जुनेलीमाया श्रेष्ठ र सन्तबहादुर प्रजाको सहभागिता थियो ।
यस्तै, जिल्ला समन्वय समिति मकवापुरका प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्ट, हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, आनुवंशिक व्रज्ञानिक डा. सन्तोष दुलाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गडतौला, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन पाठक, पत्रकार गिरिजा अधिकारी, अधिवक्ता ध्रुप्रसाद चौलागाई, हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, हेटौडा अस्पतालका मेसु प्रवीण श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रणयकुमार उपाध्याय लगायतको उपस्थीति थियो ।
रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनीलकुमार खातीको अध्यक्षतामा भएको अन्तरक्रियामा मसान उपासकले सहजीकरण गरेका थिए ।