आपसी टोलद्वारा मृगौला रोगीलाई उपचारका लागि आर्थिक सहयोग

लोकखबर
१७ भाद्र २०७७, बुधबार १५:०१

मकवानपुर । हेटौंडा-१० स्थित आपसी टोल विकास संस्थाले मृगौला रोगीको उपचारका लागि नगद सहयोग उपलब्ध गराएको छ । सोही स्थानमा चिया पसल राखेर दैनिकी सञ्चालन गर्दै आएका नारायण मगरलाई नगद २१ हजार २३० रुपैयाँ सहयोग गरिएको टोल विकासका सल्लाहकार पुष्कल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार टोलभर पैसा संकलन गरी सहयोग गरिएको हो । संस्थाका अध्यक्ष पुष्कर शर्मा ढकालले उक्त रकम विरामीको परिवारलाई हस्तान्तरण गरेका थिए । ‘कोरोना महामरीको समय अन्य रोगको उपचार नपाएर मान्छेको मृत्यु भइरहेको समयमा हामीले मृगौला पीडितलाई सहयोग उपलब्ध गराएका हौं । हामी थप सहयोग समेत जुटाउन कोसिस गरिरहेका छौं ।’, अध्यक्ष ढकालले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*