होम क्‍वारेन्टिनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

लोकखबर
२८ भाद्र २०७७, आईतवार १०:५८

मकवानपुर । चितवनमा होम क्‍वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका ५, टाइगर चोककी ८५ वर्षीया महिला छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दीर्घरोग रहेकी ती वृद्धाको भदौ ११ गते स्वाब संकलन गरिएकामा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

‘‘उनी क्यान्सरकी बिरामी पनि थिइन् । शरीरमा हेमोग्लोबिनको मात्रा पनि कम थियो । उनलाई कोरोना पोजेटिभ पनि देखियो,’’ प्रमुख तिवारीले भने । उनको आज बिहान ६ बजेको समयमा मृत्यु भएको उनले जानकारी दिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*