कुटपिट गरी ज्वाइँको हत्या, ससुरासहित ५ जना पक्राउ

लोकखबर
२८ भाद्र २०७७, आईतवार १४:१०

मकवानपुर ।बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका १७, परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका २०, नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि सिकिस्त भएका थिए । उनलाई उपचारका लागि नर्सिंङ होम नेपालगन्जमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पाँचै जनालाई पक्राउ गरेको हो । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*