फेरि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

लोकखबर
२९ भाद्र २०७७, सोमबार ११:२३

मकवानपुर । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*