दुर्लभ वन्यजन्तु रेड पाण्डको छालासहित बाँकेमा ५ जना पक्राउ

लोकखबर
२९ भाद्र २०७७, सोमबार १३:२०

मकवानपुर । दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित बाँके प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जाजरकोट जिल्लाको कुसे गाउँपालिकाका ३२ वर्षीय कृष्ण वली, २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिकाका ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश विक र ३६ वर्षीय देवबहादुर बाँठा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका वडा नं. १ स्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

उनका अनुसार उक्त छाला गणेश विक लगायतका व्यक्तिले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्न बाँके जिल्लामा ल्याएका थिए।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*