‘विपन्‍न नागरिकको कोरोना उपचार निस्शुल्क’

लोकखबर
३० भाद्र २०७७, मंगलवार १३:५१

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितमध्ये विपन्‍न नागरिकको मात्र उपचार निस्शुल्क गरिने निर्णय गरेको छ ।

मन्त्रालयमा भदौ २८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रालय स्रोतका अनुसार अन्य कोरोना संक्रमितले आफ्नै खर्चमा तर विपन्‍न नागरिकको मात्र उपचार निःशुल्क गर्ने निर्णय भएको छ । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले माताहतका निकायमा पत्रसमेत पठाइसकेको स्रोतको दाबी छ ।

उता यो निर्णय अझै छलफलकै चरणमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार विपन्‍न नागरिकको मात्र कोरोनाको उपचार गर्ने विषयमा छलफल भएको हो तर उक्त निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने होइन, मन्‍त्रिपरिषद्‍ले निर्णय गरेपछि मात्र लागु हुने हो ।

यसअघि मन्त्रालयले कोरोनाको उपचार गर्ने सबै अस्पताललाई उपचार खर्चबापतको रकम व्यवहोर्दै आएको छ । विपन्‍न नागरिकलाई क्यान्सर, मिर्गौलालगायत १२ प्रकारका जटिल रोगहरुको निस्शुल्क उपचार गर्दै आएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*