बलिउड: गाँजाबाट शुरु भएको लडाइँ यौन शोषणसम्म

लोकखबर
५ आश्विन २०७७, सोमबार ११:५३

मकवानपुर ।भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि शंकाको घेरामा रहेकी रिया चक्रवर्तीमाथि लागुऔषध (ड्रग्स)को प्रयोग गरेको या नगरेको भनी अनुसन्धान भइरहेको छ ।

यसैबीच निर्देशक अनुराग कश्यपमाथि कलाकार पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् । अनुरागमाथि लागेको यौन शोषणको आरोपको विषय भारतको संसदमा पनि उठेको छ ।

 

बीजेपी सांसद रवि किशनले यो विषय संसदमा उठाए । साथै उनले कठोर कानूनको माग पनि गरे ।

उनले संसदमा भने – हाम्रो देशमा नारी देवी दुर्गा र गौमाता जस्तै पूजनीय छन्, तर बलिउडसहित कैयन् क्षेत्र यस्ता छन्, जहाँ अझै पनि केही व्यक्तिले उनको भाग्य चम्काइदिने दाबी गर्दै फाइदा लिन खोज्छन् ।’

रवि किशनले अनुराग र पायलको नाम भने लिएका थिएनन् ।

बरु उनले एक बलियो कानूनको माग गरेका थिए । उनले महिला र युवतीहरुलाई अनुचित दबाब दिनेमाथि भय पैदा हुने कानून ल्याउन माग गरेका थिए ।

रवि किशन र अनुराग कश्यपबीचको लडाइँ सुशान्त र रियाको केशमा नै देखिएको थियो । अनुरागले ट्वीटमार्फत रवि किशनले गाँजा तान्ने गरेको आरोप लगाएका थिए । यो आरोपमा रवि किशन भने चुप रहेका थिए ।

रवि किशनलाई उनका अर्का साथी मनोज तिवारीको पनि साथ मिलेको थियो ।

सुशान्त सिंह राजपूतको मृत्यु र लागुऔषधबारे पनि संसदमा प्रश्न उठाइएको थियो । झारखण्डका बीजेपी सांसद निशिकांत दुबेले बलिउडका साथ देशमा बढ्दो नशाको कारोबारको मुद्दा उठाएका थिए । उनले यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका थिए । खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*