कांग्रेसले असोज १९ गतेलाई बोलायो केन्द्रीय कार्यसमिति बैठक

लोकखबर
६ आश्विन २०७७, मंगलवार १३:१४

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कांग्रेसले असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बैठक बोलाएको हो । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा केन्द्रित रहने बताइएको छ ।

 

कांग्रेसले बैठकअघि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ ।

केन्द्रीय कार्यालयले कोरोना परीक्षणका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*