ओली-प्रचण्डबीच वार्ता जारी, मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल केन्द्रित

लोकखबर
१२ आश्विन २०७७, सोमबार १२:५९

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

“उहाँहरूबीच साढे ११ बजेदेखि छलफल भइरहेको भइरहेको छ,” बालुवाटार स्रोतले भन्यो । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने उनी निकटस्थहरू बताउँछन् ।

भदौ २६ गते सकिएको स्थायी कमिटी बैठक र असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे पार्टीभित्र सैद्धान्तिक छलफल भएको थियो । त्यसैको वरिपरि रहेका प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् । आजै प्रधानमन्त्री ओलीले १२ बजे मन्‍त्रिपरिषद् बैठक बोलाएका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*