एक व्यक्तिका दुई कार : जोर-बिजोरमा चलाउन दुवैमा नक्कली नम्बर

लोकखबर
१२ आश्विन २०७७, सोमबार १३:२१

मकवानपुर । काठमाडौंबाट प्रहरीले दुई कारमा नक्कली नम्बर प्रयोग गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैशाली प्रोडक्सन र खोली इम्पेरियमका सञ्चालक सुरेन्द्रकुमार अग्रवाल छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दुईवटा सवारीसाधनसहित अग्रवाललाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार अग्रवालले वास्तविक नम्बर बा.११च ६५५० भएको गाडीमा बा.११च ६५५७ र वास्तविक नम्बर बा.७च ४४५४ भएको गाडीमा बा.७च ४४५५ नम्बरको नक्कली नम्बर प्लेट राखेका थिए ।

एक गाडी वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्‍वर र अर्को सुन्धारास्थित चाइना टाउनबाट प्रहरीले नियन्त्रणमा लिएको हो । डीएसपी बोहराले भने, ‘‘उनले जोर-बिजोरमा प्रयोग गर्नबाहेक फर्जी कार्य र तस्करीमा समेत यी गाडी प्रयोग गरेका हुनसक्छन् । नियन्त्रणमा लिएर थप अनुसन्धानमा जुटेका छौं ।”

नक्कली नम्बर राखेर प्रयोग गरिएको गाडीले दुर्घटना गराएर फरार रहने अवस्थामा प्रहरीलाई अनुसन्धानमा सकस हुनसक्ने प्रहरी अधिकारीको बुझाइ छ । कोरोना महामारीको मौकामा विभिन्‍न गैरकानुनी कार्यमा प्रयोग गर्नसमेत उनले गाडीमा नक्कली नम्बर राखेको हुनसक्ने प्रहरी अनुमान छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*