बिपी कोइराला स्वास्थ्य वज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । बिपी कोइराला स्वास्थ्य वज्ञान प्रतिष्ठान, धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-१५, सुनसरीका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिष्ठानको कोभिड अस्पतालमा यही असोज १६ गते भर्ना भएका उनको आज बिहान पौने ७ बजे मृत्यु भएको थियो।
१६ गते नै स्वाब परीक्षण गर्दा सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनी क्रोनिक किड्नी डिजिज तथा हाइपरटेन्सनका बिरामी थिए।स्वास्थ्यखबर डटकमबाट