उपत्यकामा चौबीस घण्टामा १६ हजार भित्रिए,२१ हजारले छाडे

लोकखबर
२०७७ आश्विन २१, बुधबार १२:१६

मकवानपुर । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा विभिन्‍न नाका प्रयोग गरी १६ हजार एक सय ७२ जना भित्रिएका छन् ।

यो अवधिमा उपत्यकामा चार हजार दुई सय ४६ सवारीसाधन भित्रिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार चौबीस घण्टाकै अवधिमा २१ हजार ५ सय २ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । सोही अवधिमा ४ हजार ५ सय ६० सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।

यस्तै उपत्यकामा जोर-बिजोर प्रणालीबाट सवारीसाधन सञ्‍चालनमा छन् । हिजो मात्रै जोरबिजोरको उल्ङ्‍घन गर्ने १ हजार २ सय २५ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको