विद्यालयका दाताहरुलाई सम्मान
बिदुर – विद्यालयमा प्रभावकारी शैक्षिक सुधारका लागि नुवाकोटको पुर्वी भेगमा रहेको थाापतिको विद्यालयमा सन्चालित सामूहिक अभियानमा सक्रिय दाताहरुलाई सम्मानित गरिएको छ । अभियानवाट संकलित रकमले विद्यालयमा बस खरिद, शैक्षिक पुर्वाधार सुधारका लागि बस सन्चालन कोष सन्चालन गरिएको छ । शिवपुरी गाउँपालिका –८ थानापतिस्थित जनज्ञान निकेतन माविमा विद्यालयको बस खरिद तथा भौतिक संरचना निर्माणमा आर्थिक सहयोग गरेका दाताहरूलाई सम्मान गरिएको हो ।

विद्यालय बस खरिद तथा भौतिक संरचना निर्माण अधियानका संयोजक हरिप्रसाद सिटौलाका अनुसार विद्यालयलाई आर्थिक सहयोग गर्ने व्यक्ति र संस्था गरि एकसय ६० जना दाताहरुलाई दोसल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गरेर सम्मानित गरिएको हो । विद्यालय बस खरिद तथा भौतिक संरचना निर्माण समितिका संयोजक सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष वीरवहादुर तामाङ, वडाध्यक्ष केशवप्रसाद रिजाललगायतले दाताहरुलाई सम्मानित गरेका हुन् । प्रमुख अतिथी गापा अध्यक्ष थपलियाले गाउंको शिक्षा अभियानवाट ग्रामीण भेगका विद्यार्थीलाई अध्ययन तथा अभिभावकहरुलाई विभिन्न सहजता प्रााप्त भएको वताए ।

विद्यालयमा सन्चालित अभियानावाट कुल ९९ लाख ६७ हजार रुपैया संकलन भएको थियो । त्यसमध्ये ५० लाखको विद्यालय वस खरिद गरि विद्यालयको कार्यक्रमस्थल, क्यान्टिन, शैचालयलगायतका भौतिक निर्माण गरिएको संयोजक हरिप्रसाद सिटौलाको भनाई छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले विद्यालयको बस खरिद तथा भौतिक निर्माणका लागि दानवीर दाताहरूबाट प्राप्त सहयोग रकमको आयव्यय विवरण प्रस्तुत गरेका थिए । वस खरिद गर्नुका साथै शैक्षिक पुर्वाधार निर्माणवाट बांकी रहेको रकम विद्यालयको बस सन्चालन कोषमा राखिएको छ ।

झण्डै साढे दुई वर्षअघि जनज्ञान निकेतन माविमा विद्यार्थी संख्या न्यून, भौतिक पूर्वाधारको अभाव र शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने चुनौतीपूर्ण अवस्था रहेकोमा विद्यालय व्यवस्थापन समिति र वस खरिद अभियानवाट विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको अभिभावकहरू बताउँछन् । शिवपुरी गापा ८ का स्थानीय शिक्षाप्रेमी हरिप्रसाद सिटौलाको संयोजकत्वमा विद्यालयको शिक्षा, भौतिक तथा यातायातको समग्र विकासलाई प्राथमिकतामा राख्दै निरन्तर मेहनत, लगाव र सक्रियताका कारण विद्यालयको भौतिक संरचना सुधार, विद्यार्थी संख्या वृद्धि, शिक्षक व्यवस्थापन तथा शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण प्रगति भएको स्थानीय अभिभावकहरूको भनाई छ ।

एक कुनै समय सामान्य चुनौतीसँग जुधिरहेको सो विद्यालय अहिले शिवपुरी गापाभित्र शैक्षिक पहिचान बनाउन सफल हुनुका साथै नुवाकोटकै सफल विद्यालयहरूको सूचीमा आफूलाई स्थापित गर्ने कार्यमा अघि बढेको प्रअ अर्जुनप्रसाद लामिछानेको भनाई छ । उनका अनुसार विद्यालयको आफ्नै बस खरिद, शिक्षा संरचनाकोे निर्माणलाई यस अवधिको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसका लागि संयोजक सिटौला र विद्यालयको सामूहिक मेहनत, त्याग र समर्पणसँगै शिक्षकहरूको सहयोग, अभिभावकहरूको विश्वास, पूर्वविद्यार्थीहरूको साथ तथा चन्दादाताहरूको उदार सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ । विद्यालयमा प्राविधिक शिक्षा सन्चालनको पहल भइरहेको जनाइएको छ ।

























































