सरकारको अपिल– आशीर्वाद बचाऔँ, यसपल्ट दशैंमा ओहोरदोहोर नगरौँ
मकवानपुर । सरकारले यसपटक दशैंमा गाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो अपिल गरेका हुन् । उनले अन्य जिल्लामा कोरोना नियन्त्रणउन्मुख भए पनि काठमाडौं बढी जोखिममा रहेकाले दशैंमा गाउँ जाने र आउने गर्दा झनै जोखिम बढ्ने बताए ।
“म सरकारका तर्फबाट अपिल गर्न चाहन्छु । अरु जिल्लामा कोरोना नियन्त्रणउन्मुख भएपनि काठमाडौं जोखिममा छ । आधाभन्दा बढी काठमाडौंमा सरकारको अपिल– आशीर्वाद बचाऔँ, यसपल्ट दशैंमा ओहोरदोहोर नगरौँ बढेको र नियन्त्रणउन्मुख नदेखिएकोले काठमाडौंबासीले सतर्कता अपनाउनुपर्नेछ,” उनले भने, “यस भ्यालीमा संक्रमण अनियन्त्रित भयो भने जोखिम बढी हुन्छ । त्यसैले गतिविधि गर्दा जोखिमलाई ध्यानमा राखौं र उच्च सतर्कता अपनाऔं । काठमाडौं जोखिममा छ । चाडबाड नजिक आउँदैछ । यसमा विशेष आग्रह छ । हामी स्वस्थ रह्यौं भने फेरि पनि चाड मनाउन सक्छौं । घरमा बुबा आमा हुनुहुन्छ । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्नुपर्नेछ । काठमाडौंबाट जाने र फेरि गाउँबाट काठमाडौं आउँदा जोखिम हुन्छ । सरकारले नारा पनि तय गरेको छ आशीर्वाद बचाऔँ ।”
उनले ६० वर्षभन्दा माथिका व्यक्ति बढी जोखिममा रहेको बताए ।बाह्रखरी डटकमबाट