अब ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गरिने

लोकखबर
२०७७ आश्विन २१, बुधबार १४:२०

मकवानपुर । सरकारले कोरोना परीक्षण ‘एन्टिजेन’ कीटमार्फत गर्ने भएको छ।

नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ‘एन्टिजेन’ कीट शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन कीट कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्न राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

‘पीसीआर जस्तो लामो लाग्दैन। जनमानसमा संक्रमित पहिचान गर्नको लागि भरपर्दो उपाय हुनसक्छ,’ प्रवक्ता डा गौतमले भने ।

अस्पतालमा कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा यस विधिबाट परीक्षण गर्न सकिने उनले बताए। पोजेटिभ आएमा पोजेटिभ विचार र नेगेटिभ आएमा नेगेटिभ विचार गरिने उनले जनाए।

लक्षण देखिएन भने पीसीआर परीक्षण नगर्ने उनले सुनाए। लक्षण भएमा आइसोलेसनमा राखिने उनले जनाए। धेरै भिडभाड हुने ठाउँ तथा सुरक्षाकर्मीको ब्यारेकमा ‘एन्टिजेन’ कीटबाट परीक्षण गर्न सकिने डा. गौतमले बताए।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको