बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली

लोकखबर
३० आश्विन २०७७, शुक्रबार ०६:५१

मकवानपुर । अहिले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ , बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । भोलि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ ।
पर्सि २ कात्तिकमा प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*