बिरामीको मृत्यु भएपछि नोबेल अस्पताल विराटनगरमा तनाव

लोकखबर
१ कार्तिक २०७७, शनिबार ११:१९

मकवानपुर । बिरामीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सकमाथि हातपात भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका-३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ साढे बजे मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि नै हातपात गरेका हुन् ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि साढे ६ बजेतिर अस्पताल पुर्‍याएकी पोखरेलको अस्पतालले लापरबाहीले मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेको व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

उनीहरूले ढुंगामुडा गर्दै चिकित्सकमाथि आक्रमण गरेपछि प्रहरीले लाठी चार्ज पनि गरेको छ । प्रहरीले तोडफोड र चिकित्सकमाथि दुर्व्यवहारमा संलग्न रहेको भन्दै छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

तोडफोडबाट अस्पतालका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । अस्पतालको को १ क २४१६ र को १ क १०९३ नम्बरको बसको अगाडिको सिसा फुटेको दाहालले जानकारी दिए ।

राति तीन घण्टाभन्दा बढी प्रदर्शनमा उत्रिएका परिवारका सदस्य र आफन्त शव अस्पतालमै छाडेर हिँडेका छन् । उनीहरुले लापरबाही गर्ने चिकिसत्कमाथि कारबाही हुनुपर्ने अडान राखेका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*