चितवनका कोरोना संक्रमित पुरूषको मृत्यु

लोकखबर
१ कार्तिक २०७७, शनिबार ११:४०

मकवानपुर । चितवनका कोरोना संक्रमित एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१२ का ४९ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान १:४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई अस्पतालको कोभिड आईसीयू कक्षमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि मृत्यु भएको पौडेलले जानकारी दिए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*