नेपालमा कोरोना संक्रमितको मृत्यु : धेरै ६१ देखि ७० वर्ष उमेर समुहका

लोकखबर
१ कार्तिक २०७७, शनिबार १२:१२

मकवानपुर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै रहेको पाइएको छ।

कुल मृतकको संख्यामध्ये १ सय १८ पुरुष र ४६ महिला गरी १ सय ६४ जना मात्र ६१ देखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसमा पनि मृत्यु हुनेमा पुरुषको संख्या बढी छ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ सय ८ पुरुष र २ सय ७ महिला गरी ७ सय १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
५० देखि ६० वर्ष उमेर समूहका ९७ पुरुष र ३३ महिला गरी १ सय ३०, ७१ देखि ८० वर्ष उमेर समूहका ८१ पुरुष र ३९ महिला गरी १ सय २०, ४१ देखि ५० वर्ष उमेरका ७५ पुरुष र २१ महिला गरी ९६ जनाको मृत्यु भएको तथ्यांक छ।

यस्तै, ३१ देखि ४० वर्ष उमेरका ५७ पुरुष र २३ महिला गरी ८०, ८० वर्ष माथिका ५१ पुरुष र २५ महिला गरी ७६, २१ देखि ३० वर्ष उमेरका १८ पुरुष र १० महिला गरी २९, ११ देखि २० वर्ष उमेरका ७ पुरुष र ६ महिला गरी १३ र १० वर्ष उमेरसम्मका २ पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा मृतकको संख्या सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम छ। बागमतीमा ४४ दशमलव ५ प्रतिशत, प्रदेश २ मा २० दशमलव ३ प्रतिशत, लुम्बिनीमा १४ दशमलव ३, प्रदेश १ मा १२ दशमलव ९, गण्डकीमा ५, सुदूरपश्चिममा २ दशमलव १ र कर्णाली प्रदेशमा १ प्रतिशतको मृत्यु भएको छ। स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*