मनास्लु हिमाल आरोहण गरेर काठमाडौं फर्किए बहराइनका राजकुमार

लोकखबर
१ कार्तिक २०७७, शनिबार १४:५९

मकवानपुर । मनास्लु हिमाल आरोहण गरेर बहराइनका राजकुमार काठमाडौं फर्किएका छन् । केहीबेरअघि उनी काठमाडौं फर्किएका हुन् । बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खालिफासहितको टोलीले बिहीबार बिहान मनास्लु हिमालको सफल आरोहण गरेको थियो ।

८१६३ मिटर अग्लो मनास्लु हिमाल उनी नेतृत्वको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा सफल आरोहण गरेको थियो । शनिबार काठमाडौं फर्किएका राजकुमार खालिफालाई एयर अल्टिच्युडका एमडी निमा नोर्बु शेर्पाले विमानस्थलमा स्वागत गरेका थिए ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*