अहिलेसम्मकै धेरै एकैदिन विश्वमा ३ लाख ९२ हजारमा कोरोना पुष्टि

लोकखबर
२०७७ कार्तिक २, आईतवार १०:४८

मकवानपुर । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ९२ हजार ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एकै दिन ३ लाख ९२ हजार ४७१ जनामा कोरोना पुष्टि भएको यो अहिलेससम्मकै सबैभन्दा धेरै हो ।

यसअघि हिजो विश्वमा ३ लाख ८८ हजार १६७ कोरोना संक्रमित थपिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ९६ हजार २५९ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख १ हजार २९८ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको