विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

लोकखबर
२०७७ कार्तिक २, आईतवार ११:०६

मकवानपुर । विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र नोबेल अस्पतालमा उपचाररत दुई पुरुषको मृत्यु भएको हो । कोसीमा विराटनगर महानगरपालिका १२ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज १३ गते अस्पताल भर्ना भएका पुरुषको १८ दिनपछि मृत्यु भएको अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ ।

उता नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा अर्का एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । क्यान्सरको समस्याबाट पीडित विराटनगर ७ का ८६ वर्षीय वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको हो ।

उनलाई उपचारका लागि असोज २५ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकका परिवारका सदस्य समेत संक्रमणका कारण होम आइसोलेसनमा छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको