सुनसरी, बर्दीया र इलामका तीन संक्रमितको मृत्यु

लोकखबर
२ कार्तिक २०७७, आईतवार ११:१५

मकवानपुर । नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी, बर्दीया र इलामका तीन संक्रमितको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्ध मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतकमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको पनि मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका-६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरूषमा १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो ।

इलामकी ८ वर्षीया बालिकाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।

थप उपचारका लागि काठमाडौँ लैजाने बताएपछि बालिकालाई डिस्चार्ज दिइएको विराट मेडिकल कलेज आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । तर, आफन्तले घर लिएर गएका थिए ।

राति घर लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट धनराज यादवले बताए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*