घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

लोकखबर
२०७७ कार्तिक २, आईतवार १३:०८

मकवानपुर । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन साताको अन्तिम दिन शुक्रबार ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटबढ नभएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।

खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको