कोरोना संक्रमितको शव परिवारले नै व्यवस्थापन गनुपर्ने

लोकखबर
२ कार्तिक २०७७, आईतवार १४:५८

मकवानपुर । होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी कार्यविधिको दोस्रो संशोधन गरेसँगै होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव परिवार स्थानीय जनप्रतिनिधि वा प्रहरीलाई जानकारी गराएर आफैंले व्यवस्थापन गर्नुपर्ने भएको जनाएको हो ।

तर शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित कार्यविधिमा उल्लेख छ ।

आइसोलेसनमा राखेको स्थान वा कोठाबाट शर्व बोक्ने गाडीसम्म शव पुर्याउने कार्य मृतकै आफन्तको हुनेछ, शव बहान नभएको स्थानमा शब बोक्न प्रयोग हुने साधन (खट) बोक्ने व्यक्तिले मृत शरिर नछुने गरी बनाउँनुपर्नेछ भने सुरक्षाका मापदण्डसमेत पालना गरेको हुनुपर्ने समेत कार्यविधिमा उल्लेख गरिएको छ ।

यसैगरी, बेबारिसे वा कसैबाट दाबी नभएको र कोभिड १९ बाट मृत्यु भएको शंका लागेमा आवश्यकताअनुसार अनुसन्धान गरी सबै सुचनाहरुको विस्तृत अभिलेखीकरण गरी प्रचलित कानुनी प्रावधान अनुसार अन्त्येष्टि गर्नुपर्नेसमेत सोही कार्यविधिमा उल्लेख छ ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*