पहाडी भेगमा आंशिक बदली, हल्का वर्षाको पूर्वानुमान

लोकखबर
३ कार्तिक २०७७, सोमबार १०:५१

मकवानपुर । मुलुकका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा दिउँसो हल्का वर्षाको सम्भावना छ ।

यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मा आंशिक बदलीको सम्भावना छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *