दशैँ भत्ता जम्मा नगरिदिन डा.खड्काको आग्रह

लोकखबर
२०७७ कार्तिक ३, सोमबार १३:५६

मकवानपुर ।नेपाली कांग्रेसका नेता तथा संघीय संसदका सांसद डा. नारायण खड्काले दशैँ भत्ता तलबमा थप नगरिदिन आग्रह गरेका छन् ।

डा. खड्काले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको राष्ट्रिय विपतको अवस्थामा देशले चरम आर्थिक संकट सामना गरेको भन्दै दशैँ भत्ता आफूले राजनीतिक र नैतिक रुपमा लिन नमिल्ने भएकाले जम्मा गरेको भए पनि फिर्ता लिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘विगतमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा तथा सांसद र मन्त्रीको हैसियतमा रहँदा पनि कहिले द्वन्द्व पीडित, कहिले मुटुका बिरामीका लागि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र तथा कहिले भूकम्प पीडितका नाममा आफूले पाउने तलबको आधा रकम प्रदान गर्ने गरेको थिएँ ।’ खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको