सुशान्तका लागि न्याय माग्दै नवदुर्गा पूजा

लोकखबर
२०७७ कार्तिक ३, सोमबार १४:१५

मकवानपुर । अभिनेता सुशान्तसिंह राजपुतका कान्छा प्रशंसक उनको न्यायका लागि नवदुर्गा पूजा गर्दै छन् । पोल्यान्डका क्रिश्चिन ( प्रशंसक) ले ९ दिन नवरात्री दीक्षा राख्ने निर्णय लिएका हुन् ।

सुशान्तको अचानक मृत्यु भएको ४ महिना बितिसक्दा पनि उनको निधनको कारण थाहा नभएको भन्दै नवदुर्गासँग चाँडै सत्यतथ्य बाहिरिएर सुशान्तले न्याय पाऊन् भन्‍ने कामना गरेका छन् ।

साथै उनले यो नौ दिन भिगन (शाकाहारी) भएर सुशान्तका लागि माता दुर्गासँग प्रार्थना गर्ने पनि बताएका छन् । माता दुर्गाका साथै महिषासुर मर्दिनी स्त्रोतमको जप पनि गर्नेछन् ।

जीबीग्स (बुजी) नामक ती प्रशंसकले आफ्नो ट्विटरमा यो कुरा सेयर गरेका हुन् । ह्यासट्याग नवरात्रीदीक्षाफरसुशान्तसिंहराजपुत उल्लेख गरेर यो अभियानमा सहभागिता जनाउन पनि आग्रह गरेका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको