सुनसरी र रूपन्देहीमा थप तीन संक्रमितको मृत्यु

लोकखबर
४ कार्तिक २०७७, मंगलवार ११:२८

मकवानपुर । सुनसरी र रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार अपराह्न मृत्यु भएको उनले जानकारी दिए ।

७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो । ती महिलामा सुगरको पनि समस्या थियो ।

योसँगै कोरोना विशेष अस्पताल बुटवलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको डा.गौतमले जानकारी दिए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*