चाँदीको मूल्य बृद्धि, सुनको यथावत

लोकखबर
२०७७ कार्तिक ४, मंगलवार १२:३१

मकवानपुर ।नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुनको मूल्य यही कायम थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज बढेको छ । आइतबार र सोमबार स्थिर रहेको चाँदी प्रतितोला १० रूपैयाँ बढेर १२१० मा कारोबार भइरहेको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको