मोरङमा पछिल्लो २४ घण्टामा थप सात संक्रमितको मृत्यु

लोकखबर
४ कार्तिक २०७७, मंगलवार १२:४८

मकवानपुर । मोरङको विराटनगरमा पछिल्लो २४ घण्टामा थप सात संक्रमितको मृत्यु भएको छ ।

विराटनगरमा २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।

विराटनगरका विभिन्न अस्पतालमा उपचाररत पाँच महिला र दुई पुरूषको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एकरएक जनाको मृत्यु भएको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान साढे ५ बजे कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएपछि भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको पनि कोशी अस्पतालमा आज बिहान पौने ५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको बस्नेतले बताए ।

कोशी अस्पतालमै सोमबार साढे ६ बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पताल भर्ना गरिएका उनको साँझ मृत्यु भएको हो ।

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय संक्रमित वृद्धको पनि उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको छ ।

असोज २८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको सोमबार मध्यराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धाको पनि मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । उनलाई असोज २४ न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धाको पनि नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । उनी गत शनिबार अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्धाको आज बिहान ८:५० बजे मृत्यु भएको छ ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*