वायु प्रदूषणले कोरोना संक्रमणको जोखिम उच्च : अध्ययन

लोकखबर
४ कार्तिक २०७७, मंगलवार १५:०३

मकवानपुर । पछिल्लो दुई सातामा राजधानी नयाँ दिल्ली र उत्तरी सहरहरुमा वायु प्रदुषणको अवस्था निरन्तर बिग्रिँदै गएको छ ।

यो कोरोना भाइरसविरुद्धको भारतको लडाईंका लागि सुखद समाचार होइन । विभिन्‍न अध्ययनहरुले वायु प्रदुषणले करोना भाइरसको संक्रमण र संक्रमितको मृत्यु अवस्थालाई थप उच्च बनाउने देखाएका छन् ।

हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा वायुमा हुने खतरनाक प्रदूषित कण (पीएम २.५) को मात्रा प्रति घनमिटरमा एक माइक्रोग्राम मात्रै वृद्धि भएमा पनि कोरोना भाइरसबाट हुने मृत्युदरमा आठ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अर्को अनुसन्धानमा प्रदूषित वायु रहेको क्षेत्रका बासिन्दा र उनीहरुमा कोरोना भाइरसको संक्रमणको गम्भीरताबीच सम्बन्ध रहेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमणका सम्बन्धमा नाइट्रोजन अक्साइड, कारसहितका सवारी साधानबाट निस्कने धुवाँ तथा इन्धन जलाउँदा निस्कने धुवाँका कारण जमिनको तहमा रहेको ओजोन सबैभन्दा घातक रहेको पाइएको छ ।

यस्तो प्रदूषित वायुले कोरोना भाइरसका कारण हुने संक्रमणलाई थप गम्भीर बनाउने अनुसन्धान सहयोगी मार्को ट्राभाग्लिओले बताएका छन् ।

दिल्लीमा पछिल्लो साताहरुमा पीएम २.५ को स्तरमा रहेको र जसमा १८०-३०० माइक्रोग्राम प्रति घनमिटर हुने गरेको पाइएको छ । यो विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षाको मापदण्डको १२ गुणा बढी हो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै जारी गरिएको लकडाउनका कारण दिल्लीसहित विश्वका अन्य प्रदूषित सहरका बासिन्दाले स्वच्छ हावाबाट श्वास लिन पाएका थिए । तर लकडाउन खुलेसँगै पुनः प्रदूषण बढेको हो ।

भारतमा वायु प्रदूषण र कोरोना भाइरस संक्रमण तथा त्यसबाट हुने मृत्युका सम्बन्धमा केन्द्रित भएर भएको अनुसन्धानको प्रतिवेदन भने सार्वजनिक हुन बाँकी छ । तर, चिकित्सक तथा सरुवा रोग विज्ञहरुले विगत लामो समयदेखि प्रदूषित वायुले कोरोना भाइरस विरुद्धको भारतको युद्धलाई प्रभावित गर्ने चेतावनी दिँदै आएका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*