चितवनमा थपिए १०४ कोरोना संक्रमित

लोकखबर
५ कार्तिक २०७७, बुधबार ११:५८

मकवानपुर । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जना छन् ।

जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *