स्थानीय भाषामा पनि टेलिकमबारे जानकारी दिइँदै
मकवानपुर । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाबारे जानकारी प्रदान गर्दै आएको जनाएको छ ।
कम्पनीले उपलब्ध गराइरहेका सेवा-सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाति तथा समुदायसम्म पुर्याउने उद्देश्यले स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको जनाएको छ ।
यसका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको पनि जनाइएको छ । विभिन्न बोल भएका फरक-फरक सन्देशहरु झन्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, सुर्खेत र दिपायलमार्फत प्रसारण भइरहेका छन् ।
राई बान्तवा, लिम्बू, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् । यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइसलगायत सेवाहरु र तिनको प्रयोग गर्ने तरिकाबारे जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दसैं, तिहार र छठ पर्वलाई समेटी जीएसएमरसीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको पनि जनाएको छ । बाह्रखरी डटकमबाट