बडादशैंको छैठौं दिन ‘कात्यायनी’ भगवतीको पूजा गरिदै
मकवानपुर । नेपालीहरुको महान पर्व विजयादशीको छैठौं दिन आज (विहीबार) ‘कात्यायनी’ भगवतीको पूजा गरिदैछ ।
नवरात्रका नौ दिन अन्तर्गत छैंठौं दिनमा साहसकी प्रतिक मानिने कात्यायनीको विशेष पूजा गर्ने गरिएको हो ।
कात्यायनी भगवतीको पुजा गर्दा दियो, कलश र गणेशको पूजा गरी गर्नुपर्ने शास्त्रीय मान्यता छ ।
बडादशैंको नवरात्र अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।